काठमाडौं । संघीय राजधानी काठमाडौं जोड्ने कान्ति लोकपथ र त्रिभुवन राजपथ शुक्रबारदेखि दुईतर्फी सञ्चालनमा आएका छन् । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्ड अवरुद्ध भएपछि यी दुई सडकमार्गमा मालवाहक तथा ठूला यात्रुवाहक सवारीका लागि एकतर्फी व्यवस्था गरिएको थियो । बिहीबारदेखि पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर सडकखण्ड सञ्चालनमा आएपछि त्रिभुवन राजपथ र कान्ति लोकपथमा पुन: नियमित दुईतर्फी यातायात खुला गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज २ गतेदेखि लागू हुनेगरी दुवै सडकमा दुईतर्फी सवारी आवागमन खुला गरिएको जनाएको हो । कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि सवारी आवागमन सहज, ... The post काठमाडौं जोड्ने त्रिभुवन राजपथ र कान्ति लोकपथमा दुईतर्फी यातायात सञ्चालन appeared first on Kalika Khabar.