काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न महत्त्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् । तीनदिने भारत भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका अर्थमन्त्री वाग्लेले सोही दिन भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । भ्रमणको दोस्रो दिन आज बिहान ९ बजे अर्थमन्त्री वाग्ले पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने