टर्की र इरानबीच पीकेके संवद्ध समूह विघटन तथा सीमापार सुरक्षा सहकार्यबारे छलफल

  • शुक्रबार​ २ असो २०८३ ०५:०९ AM
एजेन्सी । टर्कीका गृहमन्त्री मुस्तफा चिफ्त्चीले अंकारामा भ्रमणमा रहेका इरानी समकक्ष एस्कन्दर मोमेनीसँग भेटवार्ता गर्दै आतंकवादविरुद्धको अभियान तथा सुरक्षा मामिलामा दुई देशबीच सहकार्य थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् । टर्कीको गृह मन्त्रालयका अनुसार चिफ्त्चीले विभिन्न क्षेत्रमा फरक–फरक नाममा सक्रिय पीकेके (कुर्दिस्तान वर्कर्स पार्टी) का सबै संवद्ध संरचनाहरू विघटन भइरहेको प्रक्रियालाई टर्कीले निगरानी गरिरहेको बताए