काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियामार्फत १५ औँ महाधिवेशन गर्ने दाबी गरेका छन्। गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शुक्रबार काठमाण्डुको शोभाभगवतीमा आयोजित माल्यार्पण कार्यक्रममा संस्थापन इतर समूहका नेता सिंहले आठौँ, नवौँ र दसौँ महाधिवेशनको परम्परा जस्तै १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित