काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १५औँ महाधिवेशनको तयारीमा आफूहरू अघि बढिसकेको बताएका छन् । शुक्रबार लौह पुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा काठमाडौंको शोभा भगवतीस्थित उनको शालिकमा माल्यार्पण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले पार्टीको विधि, विधान र लोकतान्त्रिक मूल्य-मान्यताअनुसार महाधिवेशन सम्पन्न गरिने बताए । उनले कांग्रेसले विशेष महाधिवेशन चाहेको नभई १४औँ