त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

  • शुक्रबार​ २ असो २०८३ ०५:०९ AM
हेटौँडा । हेटौँडाबाट काठमाडौं आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा शुक्रबारदेखि नियमित रूपमा दुईतर्फी सवारी सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा अवरुद्ध सडक सञ्चालनमा आएसँगै दुवै मार्गमा दुईतर्फी सवारी आवागमन खुला गरिएको हो । त्रिभुवन राजपथले हेटौँडालाई पालुङ–नौबिसे हुँदै