काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुरक्षित पिउने पानीको सुनिश्चित गर्न सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रमा पिउन प्रयोग हुने पानीको प्रयोगशाला परीक्षण गराउने भएको छ । सामुदायिक विद्यालयका बालबालिका, शिक्षक र कर्मचारी, स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा लिन आउने विरामी तथा आफन्त र वडा कार्यालयहरुमा प्रशासनिक सेवा लिन आउने सेवाग्राहीलाई सुरक्षित पिउने पानी सुनिश्चित गर्न परीक्षण गराउने भएको हो । यसका लागि स्वास्थ्य विभागले जनप्रतिनिधि, वडा सचिव विद्यालय नर्स, शिक्षक, महिला स्वास्थ्य स्वयमसेविका, पानीका उत्पादक तथा वितरकसहितका व्यक्तिहरुलाई प्रयोगशाला परीक्षणका लागि नमूना संकलन विधिका विषयमा अभिमुखीकरण थालेको छ । ‘वडा नं