कार्कीको अभिव्यक्तिले आयोगमाथि उठेको प्रश्न थप गम्भीर बनायो : आचार्य

  • शुक्रबार​ २ असो २०८३ ०३:४४ AM
काठमाडौँ । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको पछिल्लो अभिव्यक्तिले आयोगको निष्पक्षता र अनुसन्धानमाथि गम्भीर प्रश्न उठेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आचार्यले पत्रकार निमेष बन्जाडेसँगको अन्तर्वार्तामा अध्यक्ष कार्कीले ‘हामी नेपाल’का तत्कालीन प्रमुख तथा हालका गृहमन्त्री सुधन गुरुङ २३ गते बिहानै माइतीघरमा एम्बुलेन्स, खानेपानी, माइक, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीसहित पुगेको बताएका उल्लेख गरेका छन्। कार्कीको भनाइ उद्धृत गर्दै आचार्यले यस्तो पूर्वतयारीले आन्दोलनको सम्भावित परिणामबारे गुरुङलाई पहिले नै जानकारी थियो कि भन्ने प्रश्न उठेको बताएका छन्। आयोगले अनुसन्धानका क्रममा सीसीटीभी ... The post कार्कीको अभिव्यक्तिले आयोगमाथि उठेको प्रश्न थप गम्भीर बनायो : आचार्य appeared first on Kalika Khabar.