काठमाडौं : पहिरो तथा बाढीका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको हो । कोशी प्रदेशअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–७ झोलुङ्गेपुल क्षेत्रमा मदन भण्डारी लोकमार्ग एकतर्फी सञ्चालनमा छ । बागमती प्रदेशमा काभ्रेको कुशकोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा पहिरोको जोखिम रहेकाले सवारीसाधन सञ्चालनमा समस्या छ । रसुवामा मुख्य राजमार्गको सडक पूर्णरूपमा अवरुद्ध रहेको छ । नुवाकोटमा शिवपुरी गाउँपालिका–८ ठूलखोलास्थित टोखा–छहरे सडकखण्डमा सम्भावित बाढी तथा पहिरोका कारण रातिको समयमा सवारी सञ्चालन रोकिएको छ । विदुर नगरपालिका–१० सिमटारमा पासाङल्हामु सडकखण्ड पनि पूर्णरूपमा ... The post बाढी र पहिराेका कारण विभिन्न राजमार्ग अवरुद्ध appeared first on Kalika Khabar.