आजदेखि ५० रुपैयाँको नयाँ नोट प्रचलनमा

  • शुक्रबार​ २ असो २०८३ ०४:०३ AM
काठमाण्डु – नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ डिजाइन तथा फरक विशेषतासहितको बैंकनोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले साविककै आकार तथा डिजाइनमा परिमार्जित विशेषतासहितको ५० रुपैयाँ दरको नोट शुक्रबारदेखि प्रचलनमा ल्याएको हो। नयाँ नोटमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त’ भन्ने प्रतिज्ञात्मक वाक्यांश उल्लेख गरिएको छ। नोटको अगाडिको भागमा