अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन् । तीनदिने भ्रमणका लागि अर्थमन्त्री डा. वाग्ले बिहीबार भारत प्रस्थान गरेका थिए । बिहीबार नै उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटघाट गरेका छन् । भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. वाग्ले आज (शुक्रबार) विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् ।