कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरूले निर्वाह गरेको संसदीय भूमिकाको खुलेर प्रशंसा गरेकी छन् । दलीय स्वार्थभन्दा माथि उठेर विषयको गहिराइमा पुग्ने र रचनात्मक बहस गर्ने प्रतिपक्षको शैलीबाट आफू निकै प्रभावित भएको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री गौतमले भनिन्, ‘पछिल्लो दुई दिनको