कस्तो रहला आज देशभरको मौसम ?

  • शुक्रबार​ २ असो २०८३ ०१:१४ AM
हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ।