म एक विद्यार्थी हुँ, म मुख खोल्न चाहान्छु, म आफ्नो जिब्रो खोल्न चाहन्छु, हो, म बोल्न चाहन्छु। मैले आफ्नै आँखाले देखिरहेको हरेक अन्यायका विरुद्ध बोल्न चाहन्छु। हरेक गरिब, वञ्चित, शोषित, दलित र महिलाको अधिकारका पक्षमा बोल्न चाहन्छु— जसलाई म आफ्नै आँखाअगाडि पीडामा रोइरहेको देखिरहेको छु। तर म बोलूँ भने कसले सुन्छ मेरो आवाज