रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ । सेनाले हवाई तथा जमिन दुवै मार्गबाट उद्धार कार्य जारी राखेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हवाई साधनमार्फत हालसम्म ४ हजार १८७ जनाको उद्धार गरिएको छ, जसमा ३ हजार ९०८ जना स्वदेशी र