हिमालयन लाइफका अभिकर्ता जय फुयालले जिते रोयल इन्फिल्ड क्लासिक ३५०

  • बिहीबार १ असो २०८३ ०४:१२ PM
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका अभिकर्ता जय फुयाल आर्थिक वर्ष २०८२/८३ को ‘बीमारत्न’ योजनामा छनोट भएका छन्। उनले योजनाअन्तर्गत सबैभन्दा बढी बीमाशुल्क संकलन गर्दै उक्त उपलब्धि हासिल गरेका हुन्। उत्कृष्ट कार्यसम्पादन गरेसँगै फुयालले कम्पनीको प्रोत्साहन योजनाअन्तर्गत रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल प्राप्त गरेका छन्। कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्यले आज कम्पनीको प्रधान कार्यालयमा उनलाई मोटरसाइकल हस्तान्तरण गरेका हुन्। बीमा व्यवसायमा उत्कृष्ट कार्यसम्पादन गर्दै योजनाले तोकेको लक्ष्य पूरा गरेको अवसरमा कम्पनीले फुयाललाई मोटरसाइकल प्रदान गरेको जनाएको छ। अभिकर्ताहरूको कार्यसम्पादनलाई प्रोत्साहन गर्दै बीमा व्यवसायको विस्तारमा थप ऊर्जा प्रदान गर्ने उद्देश्यले कम्पनीले समय–समयमा विभिन्न ... The post हिमालयन लाइफका अभिकर्ता जय फुयालले जिते रोयल इन्फिल्ड क्लासिक ३५० appeared first on Kalika Khabar.