काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल–संयुक्त राष्ट्रसङ्घ बीचको सहकार्यलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धिसम्बन्धी विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।