कालीको सदस्य बन्यो नेपाल, सदस्यता सम्झौतामा हस्ताक्षर

  • बिहीबार १ असो २०८३ ०२:३२ PM
काठमाडौं । नेपाल काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिच्युसन्स (काली) को सदस्य राष्ट्र बनेको छ । संसदबाट सम्बन्धित सम्झौता अनुमोदन भएपछि बिहीबार सदस्यतासम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो । सेप्टेम्बर १७, २०२६ मा गणतन्त्र कोरियाका कानून मन्त्री तथा कालीका अध्यक्ष चो वोन–चुल र नेपालका कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगानाबीच सम्झौतामा हस्ताक्षर भएको