श्रीलंकाका कप्तान असलंगाले विराटनगर किङ्सबाट एनपीएल खेल्ने

  • बिहीबार १ असो २०८३ ०३:०१ PM
काठमाडौं । श्रीलङ्काको टी–२० क्रिकेट टोलीका कप्तान चरिथ असलङ्काले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगरले बिहीबार सामाजिक सञ्जालमार्फत असलङ्कालाई आगामी ‘सिजन’ का लागि विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको जानकारी दिएको हो । २९ वर्षीय असलङ्काले श्रीलङ्काका लागि ७७ टी–२० अन्तरराष्ट्रिय खेलमा एक हजार ४६६ रन बनाएका छन्