गगनलाई पूर्णबहादुरको आग्रह : एकताका लागि महाधिवेशन सारेर संवाद अघि बढाउनुस्

  • बिहीबार १ असो २०८३ ०२:५० PM
काठमाण्डु – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीका सभापति गगनकुमार थापालाई पार्टीको सम्पूर्ण एकताका लागि तत्काल संवाद अघि बढाउन आग्रह गरेका छन् । असोज ३ गतेदेखि सुरु हुने घोषणा गरिएको १५औँ महाधिवेशनको कार्यतालिका केही समय स्थगित गरी पार्टीका अग्रज नेतासँग वार्ता तथा संवाद सुरु गर्न उनले सुझाव दिएका हुन् । खड्काले सामाजिक सञ्जालमार्फत सभापति थापालाई