नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन्। बिहीबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्यलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो। भेटका क्रममा नेपालमा संयुक्त राष्ट्रसंघले गर्दै आएको सहयोग तथा आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत