काठमाडौं । महालक्ष्मी विकास बैंकले भृकुटीमण्डपमा जारी नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३ मा सहभागिता जनाएको छ। नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा असोज १ गतेदेखि ४ गतेसम्म सञ्चालन भइरहेको प्रदर्शनीमा बैंकले घर तथा जग्गा खरिद र घर निर्माणका लागि आवश्यक कर्जाबारे जानकारी तथा परामर्श प्रदान गरिरहेको छ। प्रदर्शनीमा बैंकका प्रतिनिधिले ग्राहकसँग प्रत्यक्ष अन्तर्क्रिया गर्दै कर्जा प्रक्रिया तथा बैंकबाट उपलब्ध विभिन्न वित्तीय सेवाबारे जानकारी दिनेछन्। घरजग्गा खरिद वा घर निर्माणका लागि कर्जा लिन चाहने ग्राहकलाई आवश्यक सहजीकरण र समन्वयसमेत गरिने बैंकले जनाएको ... The post महालक्ष्मी विकास बैंक नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागी appeared first on Kalika Khabar.