परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ: अध्यक्ष दाहाल

  • बिहीबार १ असो २०८३ ०१:३५ PM
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई अझ परिपक्व र सबल लोकतान्त्रिक व्यवस्थातर्फ अगाडि बढ्ने उद्देश्यले संविधान संशोधन गर्नुपर्ने धारणा राखेका छन् । नेसनल लेजिस्लेटिभ एकेडेमीले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयनको दोस्रो दशक: अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उनले समय, समाज र जनआकाङ्क्षाको परिवर्तनसँगै संविधान निरन्तर परिमार्जन र संशोधनको विषय