संविधान दिवसमा एनटिसीको अफर, ४९९ रुपैयाँमै अनलिमिटेड डेटा प्याकेज

  • बिहीबार १ असो २०८३ १२:४४ PM
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विशेष अफर ल्याएको छ । अफरअन्तर्गत नेपाल टेलिकमले ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका डेटा प्याकेज उपलब्ध गराएको छ । ४९९ रुपैयाँमा अनलिमिटेड लाइट प्याकेज खरिद गर्न सकिनेछ। यस प्याकेजमा ३० दिनसम्म दैनिक ५ जीबी डेटा उपलब्ध हुनेछ