काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन ‘अनन्त’ले संविधानका मूल आधारमै प्रहार गर्ने गरी संशोधनको प्रयास गरिए मुलुक फेरि द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन् । १२औँ संविधान दिवसका अवसरमा नेसनल लेजिस्लेटिभ एकेडेमीद्वारा बिहीबार राजधानीमा आयोजित ‘संविधान कार्यान्वयनको दोस्रो दशक: अवसर र चुनौती’ विषयक कार्यक्रममा पुनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिताजस्ता संविधानका आधारभूत