नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई एकताबद्ध रूपमा सम्पन्न गर्न आफूले आवश्यक लचकता अपनाउन तयार रहेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशन सबै पक्षलाई एक ठाउँमा ल्याएर सम्पन्न गर्न आफ्नो तर्फबाट गर्नुपर्ने सबै पहल गर्न तयार रहेको बताए । पूर्वसभापति शेरबहादुर देउवासहित पार्टीका वरिष्ठ