नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशनमा सहभागी भएर उद्घाटन गरिदिन आग्रह गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशनको दिन पूर्वसभापति देउवा सहभागी भएर उद्घाटन गरिदिनु पार्टीका लागि सम्मानको विषय हुने बताए । पार्टी विधानअनुसार अब महाधिवेशनबाट नयाँ सभापति चयन हुने उल्लेख गर्दै उनले