काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२-८३ मा भ्रष्टाचार तथा अनियमिततासम्बन्धी ४० हजार ८४२ वटा उजुरी कायम भएका छन् । आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम बुधवार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ३६औँ वार्षिक प्रतिवेदनमार्फत यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । प्रमुख आयुक्त प्रेमकुमार राई र आयुक्त तथा आयोगका सचिव कालीप्रसाद पराजुली सहितको टोलीले बुधवार आयोगमा प्रतिवेदन बुझाए लगत्तै आयोगमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका सहसचिव एवम् प्रवक्ता सुरेश न्यौपानेले कायम भएका कुल उजुरीमध्ये ३३ हजार ५१९ वटा आर्थिक वर्ष २०८२-८३ मा आयोगको केन्द्रीय तथा मातहतका कार्यालयमा दर्ता भएका हुन् भने अघिल्लो आर्थिक वर्षबाट सात हजार ३२३ वटा उजुरी जिम्मेवारी सरेर आएका थिए । कुल उजुरीमध्ये स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा बढी छन् । स्थानीय तहसँग सम्बन्धित २० हजार २५ वटा उजुरी कायम भएका छन्, जुन कुल उजुरीको ४९