काठमाडौँ। स्रोत नखुलेको नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । ३४ लाख ९५ हजार रूपैयाँसहित २ जनालाई प्रहरीले बुधबार पक्राउ गरेकाे हाे। पक्राउ पर्नेहरुमा अर्घाखाँची सन्धिखर्क नगरपालिका–२ घर भएका ४२ वर्षीय सन्तोष भुषाल र पर्सा वीरगञ्ज महानगरपालिका–२१ घर भएका ४० वर्षीय प्रवेश महत्तो रहेका छन्। प्रहरी वृत्त सिंहदरबारले उनीहरूलाई काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित किम्ची रेष्टुरेन्टबाट पक्राउ गरेकाे हाे। The post स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ appeared first on Kalika Khabar.