सरकारको विकल्प नआए सोमबारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ: एन्फा महासचिव राई

  • बिहीबार १ असो २०८३ ११:२५ AM
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले सरकारले तत्काल सकारात्मक पहल नगरे सोमबारदेखि फिफाको निर्देशनअनुसार संघका नियमित तथा अत्यावश्यक गतिविधि अघि बढाउने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राईले फिफाले एन्फालाई निलम्बन गरेपछि राष्ट्रिय टोलीदेखि युवा टोली, एकेडेमीका खेलाडी, कर्मचारी, प्रशिक्षक र रेफ्रीसम्म प्रभावित भएको बताए । उनका अनुसार