काठमाडौं । कोशी प्रदेशको इटहरीमा यही असोज १४ गतेदेखि सीप तथा रोजगार मेला आयोजना गरिने भएको छ । युवा जनशक्तिको ऊर्जा एवं सीपलाई स्वदेशमा उपयोगको वातावरण सिर्जना गर्ने उद्देश्यले यही असोज १४ देखि २० गतेसम्म मेला आयोजना गर्न लागिएको युवा तथा श्रम मन्त्रालयले जनाएको छ । ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरी