लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने कार्यविधि खारेज गर्न सांसद राईको माग

  • बिहीबार १ असो २०८३ ११:५७ AM
काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले छापा सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै राईले चालु आर्थिक वर्षको बजेटमा विनियोजन भएको लोककल्याणकारी विज्ञापनको रकम सूचना तथा सञ्चार मन्त्रालयले कार्यविधिमार्फत घटाउने निर्णय गर्नु संसदको अधिकार र सार्वभौमिकताको अपमान भएको बताए