काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले सरकारका तर्फबाट तत्काल सकारात्मक पहल नभए सोमबारदेखि फिफाको निर्देशनअनुसार संघका नियमित तथा अत्यावश्यक गतिविधि अघि बढाउने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राईले फिफाको निलम्बनका कारण राष्ट्रिय तथा युवा टोली, एकेडेमीका खेलाडी, कर्मचारी, प्रशिक्षक र रेफ्रीलगायत प्रभावित भएको बताए । थप ढिलाइ