९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ

  • बिहीबार १ असो २०८३ ११:१६ AM
नापी कार्यालय डिल्लीबजारअन्तर्गत माछापोखरीस्थित ३ नं. नापी टोलीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। छुट जग्गा दर्ताको सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउन अनावश्यक दुःख तथा हैरानी दिई घुस मागिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले वलीलाई पक्राउ गरेको हो।