चिलिमेमा मृत फेला परेका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

  • बिहीबार १ असो २०८३ ११:२५ AM
चिलिमे जलविद्युत् केन्द्रमा फसेर मृत फेला परेका पाँच कर्मचारीको शव पहिचानपछि सम्बन्धित परिवारजनलाई हस्तान्तरण गरिएको छ। नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार भोटेकोशी नदीमा बाढी आउँदा केन्द्रमा कार्यरत पाँच कर्मचारी फसेका थिए। मृत्यु हुनेमा इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी