नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्टि जनाउँदै कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। उनले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भएको विपत्तिप्रति कांग्रेस संवेदनशील हुन नसकेको भन्दै पार्टीको राष्ट्रिय दायित्वमाथि समेत प्रश्न उठाएका छन्। कोइरालाले बिहीबार विज्ञप्ति जारी गर्दै आफूलाई कांग्रेस भन्ने र कांग्रेस हुनुमा गौरव गर्नेहरू मानसिक रूपमा कमजोर