अखिल नेपाल फुटबल संघ (एन्फाले) राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनका कारण नेपालको आन्तरिक फुटबल गतिविधिसमेत प्रभावित भएको भन्दै संघलाई स्वायत्त रूपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । एन्फाका महासचिव किरण राईले बिहीबार पत्रकार सम्मेलन गर्दै फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाउँदै एन्फालाई निलम्बन गरेपछि अन्तर्राष्ट्रिय तथा घरेलु फुटबल गतिविधि प्रभावित भएको