भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणको राहत, तत्काल ५० हजार र ६ महिनासम्म आधा तलब

  • बिहीबार १ असो २०८३ १२:१२ PM
नेपाल विद्युत् प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारका लागि राहत प्याकेज घोषणा गरेको छ। बाढीका कारण १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने विभिन्न आयोजनामा कार्यरत कर्मचारी तथा कामदार बेपत्ता भएका छन्। प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी तथा कामदार बेपत्ता रहेको जनाइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ