काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवको जिम्मेवारी भर्खरै बढुवा भएका सचिव कालिप्रसाद पराजुलीलाई दिइएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवबाट सचिवमा बढुवा गरेका पराजुलीलाई आयोगको सचिवमा पदस्थापन भएको हो । बुधबार बढुवा भएर आयोगमा पदस्थापन भएका पराजुलीले बिहीबार नै आयोगमा पुगेर पदवहाली गरिसकेका छन् । बढुवा हुनु अघि उनी राष्ट्रिय महिला आयोगको सचिवमा कार्यरत थिए । त्यहाँ जिम्मेवारी पाएको करिव डेढ महिना मात्रै पुगेको थियो । पराजुलीसँग सहसचिव हुदाँ आयोग तथा आयोग अन्तरगत रहेको कार्यालयमा रहेका काम गरेको अनुभव छ ।