हिमालय क्षेत्रमा तापक्रम दुई गुणाले बढिरहेको विज्ञको दाबी

  • बिहीबार १ असो २०८३ १०:१६ AM
काठमाडौं । हिमनदी विज्ञ नितेश खड्काले पछिल्लो समय हिमालय तथा तिब्बती पठार क्षेत्रमा विश्वव्यापी औसतको तुलनामा करिब दोब्बर दरले तापक्रम वृद्धि भइरहेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा कार्यपत्र प्रस्तुत गर्दै खड्काले हिन्दुकुश–हिमालय क्षेत्रमा प्रतिवर्ष करिब शून्य दशमलव ४२ डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि भइरहेको अध्ययनहरूले देखाएको बताए