काठमाण्डु – अवैध अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालनमा प्रयोग भएका उपकरण तथा सामग्रीसहित चितवनबाट १ भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा भरतपुर महानगरपालिका–२ आँपटारीबाट भारतीय नागरिक २५ वर्षीय काथराम नितिनलाई पक्राउ गरेको हो ।