देउवालाई गगनको सन्देश : म त्याग गर्न तयार छु, सँगै महाधिवेशन गरौँ

  • बिहीबार १ असो २०८३ १०:५० AM
काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी पन्ध्रौँ महाधिवेशन सँगसँगै मिलेर गर्न आग्रह गरेका छन् । बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीभित्र एकता भइसकेकाले छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता नरहेको बताए । पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढ्न आफू आवश्यक त्याग र लचकता अपनाउन तयार रहेको उनले बताए