काठमाडौं । नेकपा एमालेले संविधान दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेर मनाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । एमाले महासचिव शंकर पोखरेलले बिहीबार प्रदेश, जिल्ला र पालिका कमिटीलाई पत्राचार गर्दै असोज ३ गते संविधान दिवस मनाउन निर्देशन दिएका हुन् । पोखरेलले संविधान दिवसका कार्यक्रमलाई रचनात्मक, भव्य र उत्साहपूर्ण बनाउन आग्रह गरेका छन् । संविधानको संरक्षण