काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य घट्यो

  • बिहीबार १ असो २०८३ ०९:५९ AM
काठमाडौँ : काठमाडौँ उपत्यकामा शुक्रबारदेखि खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँमा बिक्री-वितरण हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले अवरुद्ध सडक सञ्चालनमा आएपछि वैकल्पिक मार्ग प्रयोग गर्दा थपिएको ढुवानी खर्च हटाउँदै सरकारले तोकेको मूल्यमा ग्यास बिक्री गर्न उद्योगहरूलाई आग्रह गरेको हो। सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा ग्यास बजारीकरण गर्ने उद्योगहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धादिङस्थित उद्योगबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै ग्यास ल्याएका थिए। वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढेको भन्दै संघले यसअघि सरकारले तोकेको प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँमा १०५ रुपैयाँ ३८ पैसा थप ... The post काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य घट्यो appeared first on Kalika Khabar.