मधेस प्रदेशसभा सदस्य जैनब खातुनको निधन

  • बिहीबार १ असो २०८३ १०:०० AM
जनकपुरधाम । मधेस प्रदेशसभा सदस्य जैनब खातुनको निधन भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर दोस्तियाकी ६५ वर्षीया प्रदेशसभा सदस्य खातुनको आज निधन भएको फतुवा विजयपुर नगरपालिकाका उपप्रमुख अमबेय खातुनले जानकारी दिइन् । उनका अनुसार बुधबार साँझ उच्च रक्तचाप र मधुमेह बढेर बेहोस हुनुभएका प्रदेशसभा सदस्य खातुनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल अस्पताल