भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी र कामदारका परिवारको लागि प्राधिकरणको राहत प्याकेज

  • बिहीबार १ असो २०८३ ०९:३३ AM
काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तात्कालिक राहत प्याकेज घोषणा गरेको छ । बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति भएको छ भने थुप्रै आयोजनाका कर्मचारी र कामदारहरू बेपत्ता छन् । प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी र कामदार बेपत्ता छन् । ऊर्जा, जलस्रोत तथा