काठमाण्डु– कांग्रेस नेता मीनबहादुर विश्वकर्माले निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीको ‘सर्वोच्च नेता’ प्रस्ताव गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै विश्वकर्माले देउवाले पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताए । ‘उहाँले सभापति रहेको दाबी गर्नुभएको छ । हामी सर्वोच्च नेता बनाउँछौँ,’ उनले भने, ‘देउवाले कुनै न कुनै नेतालाई नेतृत्व हस्तान्तरण गर्नुहुन्छ