काठमाडौं । सरकारले सार्वजनिक प्रशासनलाई थप जिम्मेवार, छिटोछरितो र प्रविधिमैत्री बनाउन सरकारी निर्णय प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजाने नयाँ नियमावली लागू गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ स्वीकृत गरेसँगै सरकारी कार्यालयहरूमा हुने निर्णय प्रक्रिया अब विद्युतीय प्रणालीमार्फत सञ्चालन हुने बाटो खुलेको हो । प्रधानमन्त्री