रसुवा विपद्का लागि आएको राहत सामग्री विमानस्थलमै अलपत्र, सांसद न्यौपानेले उठाए प्रश्न

  • बिहीबार १ असो २०८३ ०९:५६ AM
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले रसुवा विपदका लागि विदेशी दातृ निकाय तथा विभिन्न देशबाट आएका राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले आफू त्रिभुवन विमानस्थलको कार्गोबाटै आएको र त्यहाँ विपदका लागि आएका सामग्री लामो समयदेखि थन्किएको देखेको बताए ।