रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद्पछि राहत, उद्धार तथा सरकारका कामकारबाहीको अनुगमन गर्न संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल भएको छ । तर प्रस्तावित समितिको सदस्य संख्या, कार्यावधि, कार्यक्षेत्र र संयोजक चयनका विषयमा बिहीवार बसेको बैठकमा सहमति जुट्न सकेन । सत्तारूढ दलका संसदीय दलका उपनेता गणेश पराजुलीको आह्वानमा बसेको बैठकमा विशेष समितिको स्वरूप र कार्यादेशबारे छलफल